अधिकृत पौडेल एक लाख घुस रकमसहित अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

अधिकृत पौडेल एक लाख घुस रकमसहित अख्तियारको नियन्त्रणमा 


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौँ तह) शेषकान्त पौडेललाई नियन्त्रणमा लिएको छ ।  

पौडेललाई एक लाख घुससहित नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। 

उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

उक्त उजुरीपछि खटिएको टोलीले बिहीबार उनलाई कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता थपलियाले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस