२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अनमोल’ मनिराज

अ+ अ-

सुदूरपश्चिमका साहित्यकारमाझ अग्रपंक्तिमा आउने नाम हो, मनिराज जोशी । झण्डै साढे चार दशकयता साहित्यमै क्रियाशील जोशी महाकाव्यकारका रूपमा चिनिन्छन् ।

तर, उनको परिचय यतिमै सीमित छैन । पूर्व निजामती कर्मचारीका रूपमा पनि उनको परिचय जोडिएको छ । २०३४ सालमा निजामती सेवामा आवद्ध जोशीले त्यहाँ झण्डै दुई दशक सेवा गरे । २०५४ सालमा राजपत्र अनंकित तृतीय श्रेणीबाट उनले स्वेच्छिक अवकास लिए । त्यसपछि उनले ज्योतिषीलाई व्यावसायिक बनाए । सँगसँगै साहित्यलाई पनि निरन्तरता दिइरहे ।
०००

जोशीको साहित्य यात्रा निकै रोचक छ । डोटी, गाँजरी पुख्र्यौली घर भएका जोशी २०२८ सालमा ज्योतिषी सिक्न गए । त्यसै क्रममा उनलाई कविता लेख्ने रहर जाग्यो । रहरमै कविता लेख्दालेख्दै उनी साहित्यका अनुरागी भए । त्यसपछि उनी साहित्य–कर्मबाट टाढा रहन सकेनन् । ‘संस्कृत श्लोक पढ्दा कविता लेख्ने रहर जाग्यो,’ उनले कविता लेखन यात्राको सुरुवाति क्षण सम्झिए, ‘लेख्दै गर्दा साहित्यको नशा बसेको पत्तै पाइनँ ।’

त्यसयता जीवनमा जतिसुकै उतारचढाव आए पनि उनी साहित्यबाट विचलित भएनन् । साहित्य यात्रालाई निरन्तरता दिइरहे । ‘सुरुमा रहरले साहित्य लेखियो,’ उनी भन्छन्, ‘पछि समाजका विकृति हटाउन साहित्य लेख्न थालेँ ।’ विकृति हटाउन साहित्यको भूमिका महत्वपूर्ण हुने गरेको उनको बुझाइ छ ।

२०३४ सालमा धनगढी बसाइँ सरेका जोशी त्यही वर्ष निजामती सेवामा प्रवेश गरे । त्यसपछि पनि उनको यात्रा जारी नै रह्यो । ‘दिनभर अफिसको काम गरेर बिहान–बेलुका साहित्य लेख्थेँ,’ उनले भने, ‘साहित्यबाट कसरी समाजमा चेतना दिन सकिन्छ भनेर सधै सोचिरहन्थेँ ।’
२०३५ सालपछि उनी साहित्यमा अझ बढी क्रियाशील भए । त्यतिबेला महेन्द्रनगरबाट प्रकाशन हुने पत्रिकामा उनी निरन्तर रचना पठाउन थाले । ‘रचना प्रकाशन हुन थालेपछि साहित्यमा केही गर्ने हौसला मिल्यो,’ उनी भन्छन्, ‘यसले कृति प्रकाशन गर्न आधार बनायो ।’
निजामती कर्मचारीका रूपमा कार्यरत रहँदा पनि उनले थुप्रै कृति सिर्जना गरे । ‘त्यो समय मेरा लागि अनमोल रह्यो,’ उनी भन्छन्, ‘पछिल्लो समय लेखेका महाकाव्यको आधार त्यही हो ।’

कविताबाट साहित्य यात्रा थालेका जोशीले अन्य विधामा समेत कलम चलाएका छन् । ‘सबै पाठकमाझ भएकाले सबैमा लेख्नुपर्छ भन्ने लाग्यो,’ उनले कारण खुलाए, ‘त्यसपछि कथा, निबन्ध, खण्डकाव्य र महाकाव्य लेखेँ ।’ जोशीका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनले अधिकांश कृति छन्दमै लेखेका छन् ।

बाल्यकालमा रहरले साहित्यमा लागे पनि केही समयपछि भने उत्प्रेरणा मिलेको साहित्यकार जोशी बताउँछन् । ‘जताततै विकृति देखेपछि साहित्यमा लागिरहन प्रेरणा मिल्यो, समाजमा जे देखे, त्यही लेखेँ,’ उनी भन्छन् ।

तर, पछिल्लो समय लेखिएका साहित्यले समाजमा विकृति फैलाइरहेको उनको भनाइ छ । पछिल्लो समयको साहित्यमा समाज प्रभावकारी हुने कुरा भन्दा पनि वाह वाह कमाउने र क्षणिक बिक्ने कुरा मात्रै लेखिएको उनको टिप्पणी छ । ‘साहित्यमा समाजलाई प्रभावकारी हुने कुरा आउनुपर्छ,’ पछिल्लो पुस्ताका साहित्यकार उच्छृङ्खल हुँदै गएको टिप्पणी गर्दै उनले भने, ‘साहित्यमा यौनवाद हावी हुँदै गएकाले विकृति भित्रिएको छ ।’ पछिल्लो समयको साहित्य पश्चिमा संस्कृतिबाट प्रभावित भएकाले विकृति भित्रिएको उनको टिप्पणी छ ।

हराउँदै गएको पूर्वीय सभ्यता र संस्कृतिलाई जोगाउन महाकाव्यकार जोशीको महत्वपूर्ण भूमिका रहेको छन्द नायकको उपाधि पाएका माधव वियोगी बताउँछन् । ‘६ ओटा महाकाव्य लेखेर उहाँ (मनिराज)ले नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिनुभएको छ,’ पोखरामा रहेर लामो समयदेखि साहित्य साधनामा क्रियाशील वियोगी भन्छन्, ‘त्यति महाकाव्य लेख्नु चानचुने कुरा होइन ।’ जोशी नेपाली साहित्यमा छन्दका अग्रणी प्रतिभा रहेको वियोगीको भनाइ छ । ‘छन्द बनाउ आन्दोलन–२०५३ मा उहाँको सक्रिय भूमिका छ,’ उनी भन्छन् ।

उनले संस्कार र संस्कृति सम्बन्धी पुस्तक पनि लेखेका छन् । ‘पश्चिमा राष्ट्रबाट आक्रमणमा परेको हिन्दू धर्म जोगाउन किताब लेखेको हुँ,’ साहित्यकार जोशीले भने । उनले लेखेका कृतिमध्ये आधा धर्म सम्बन्धी पुस्तक नै छन् ।

मुलुकभरका विभिन्न साहित्यिक संस्थाले उनलाई सम्मानित र पुरस्कृत गरेका छन् । उनको योगदानको कदर गर्दै गत चैतमा धनगढीका दुई दर्जन संघसंस्थाले उनको रथयात्रासहित नागरिक अभिनन्दन गरेको थियो । मुलुकका विभिन्न क्षेत्रका साहित्यकारले उनको जीवनीबारे कृतिसमेत लेखेका छन् ।

नेपाली साहित्यमा उहाँ (मनिराज) को योगदान अतुलनीय रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका ७ नम्बर प्रदेश संयोजक सुरत रावत बताउँछन् । ‘उहाँ त साहित्यका अनमोल प्रतिभा हुनुहुन्छ,’ उनी भन्छन् ।

लामो समयदेखि समाजसेवामा पनि क्रियाशिल जोशी थुप्रै संघसंस्थामा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । उनी धनगढीका ‘नामी’ ज्योतिष मानिन्छन् ।

‘समाजलाई चेतना दिन जीवनभर साहित्य–कर्ममै लाग्ने मेरो सपना छ,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस