संसद्‌मा खाली सिट देख्दा मलाई ‘इरिटेटेड’ हुन्छ : उपसभामुख « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संसद्‌मा खाली सिट देख्दा मलाई ‘इरिटेटेड’ हुन्छ : उपसभामुख


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले प्रतिनिधि सभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

मङ्गलवार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधि सभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले बैठकमा खाली सिट देखिन थालेको बताइन्। प्रतिनिधि सभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको उनले बताइन्।

उपसभामुख रानाले आफूले कुनै पनि काम अनुशासित भएर दिलदेखि गर्ने प्रतिबद्धतासमेत जनाइन्। उनले सांसद अनुपस्थितिको बारेमा जनतालाई के जवाफ दिने भनी प्रश्नसमेत गरिन्।

उपसभामुख रानाले संसद्‌मा जनताका कुराहरूलाई अनुशासित र मर्यादित रूपले उठाउने र विधेयकहरू बनाउने पनि बताइन्। ‘‘तपाईँहरू लाइभ हेर्नुहुन्छ होला, हाम्रो प्रतिनिधि सभामा कोही बेला खाली सिट हुन्छ। मलाई दुःख लाग्छ। घरीघरी त धैर्यता लिँदा–लिँदा पनि इरिटेटेड हुन्छ। मलाई त प्रेसर पनि आइसक्यो। अस्तिसम्म त प्रेसर पनि थिएन। म जे पनि काम गर्छु अनुशासित भएर काम गर्छु। मन दिएर, दिल दिएर काम गर्छु। तर त्यसरी कति माननीयज्यूहरू नआउनु हुँदा खेरी मलाई एकदमै दुःख लाग्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस