२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी सरकार अल्पमतमा 

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशमा दुई साना दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका छन् । 

नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नेकपा एमाले नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेका हुन्।

बुधबार बस्ने प्रदेश सभा बैठकमार्फत समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीले बताए।

बर्दिया क्षेत्र नं. १ (२) बाट निर्वाचित चौधरीले केन्द्रको निर्णय अनुसार आफूहरूले सरकार छाड्न लागेको बताए। 

लुम्बिनी प्रदेशसभामा उन्मुक्ति पार्टीका चार सांसद छन्। 

यस्तै लोसपाका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले पनि एमालेलाई दिएको समर्थन बुधबार फिर्ता लिने बताए। उनी रूपन्देही ३ (१) बाट निर्वाचित सांसद हुन्। 

बुधबार बिहान ११ बजे यसबारे निर्णय गर्न दाङमा आठ दलका संसदीय नेताहरूबीच बैठक समेत रहेको बताए। 

लुम्बिनी प्रदेश सभामा लोसपाका तीन सांसद छन्।

बुधबार दिउँसो १ बजेका लागि लुम्बिनी प्रदेश सभाको बैठक आह्वान गरिएको छ। झन्डै एक महिनापछि सभामुखको निर्देशनअनुसार बैठक बस्न लागेको हो।

यसअघि गत माघ २० गते प्रदेश सभाको बैठक बसेको थियो।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक बस्ने तय भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले सूचनामार्फत जानकारी दिएका हुन्। 

साना दुई दलले समर्थन फिर्ता लिएसँगै नेकपा एमालेका मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार अल्पमतमा पर्न थालेको हो। 

तत्काल नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिए पनि केही दिनमै समर्थन फिर्ता लिन सक्ने माओवादीका एक सांसदले बताए। 

माओवादीले जुन बेला पनि समर्थन फिर्ता लिन सक्ने हुँदा सरकार ढल्ने निश्चित भएको उनले बताए। 

लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन्। यो प्रदेशमा नेकपा एमालेका २९, नेपाली काँग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४–४,  जनमत पार्टी र जसपाका ३–३ जना सांसद छन्। 

माओवादीबाट विद्रोह गरी तीन जनाले स्वतन्त्र उठेर निर्वाचन जितेका छन्। जसमध्ये एक जनाले माओवादी प्रवेश गरिसकेका छन्।  

लुम्बिनीमा सरकार जोगाउन कम्तिमा पनि ४४ सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ। 

गत पुस २७ गते नेकपा एमालेका संसदीय दल नेता लीला गिरी मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पुस २८ मा शपथ लिएका थिए। मुख्यमन्त्री नियुक्तिको एक महिनापछि मात्रै उनले मन्त्रिपरिषद् विस्तार गरेका थिए। 

प्रतिक्रिया दिनुहोस