समयमै ट्रान्सक्रिप्ट नदिएको भन्दै विद्यार्थीले फुटाए त्रिविको कम्प्युटर « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

समयमै ट्रान्सक्रिप्ट नदिएको भन्दै विद्यार्थीले फुटाए त्रिविको कम्प्युटर


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । समयमै ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा एक विद्यार्थीले सोमबार दिउँसो प्रशासनको कम्प्युटर तोडफोड गरेका छन् ।

स्नातकको ट्रान्सक्रिप्ट लिन आएका पाटन क्याम्पसका असिम थापाले बीएको ८ नम्बर ट्रान्सक्रिप्ट शाखाको कम्प्युटर तोडफोड गरेको शाखाकी हेड असिस्टेन्ट मिरा काफ्लेले बताइन्। ‘झ्यालबाट हात छिराएर फुटाए,’ उनले भने।

उनले यसअघि पनि अभद्र व्यवहार देखाउँदै कर्मचारीसँग मनपरी बोलेको उक्त शाखाका कर्मचारीको आरोप छ।

काफ्लेका अनुसार विद्यार्थीले सबै प्रक्रिया नपुर्‍याएका कारण ट्रान्सक्रिप्टको काम नभएको तर उनले आजै चाहिन्छ भनी अभद्र व्यवहार देखाएका हुन्।

यति बेला परीक्षा नियन्त्रण कार्यालयमा नेपाल प्रहरीको टोली खटिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस