काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ भोलि पनि हुने भएको छ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा सुनुवाइ सुरु गरेको थियो। बहस नसकिएपछि सुनुवाइ हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ।