घनश्याम भुसालले राखे नेकपा ब्युँताउन प्रस्ताव   « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

घनश्याम भुसालले राखे नेकपा ब्युँताउन प्रस्ताव  


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउनुपर्ने प्रस्ताव राखेका छन्।

भुसालले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने इमान्दार प्रस्ताव हो भने नेकपासमेत ब्युँताउने प्रस्ताव आउनुपर्ने बताए।

‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न इमानदार तरिकाले प्रस्ताव गर्नुभएको हो भने नेकपालाई ब्युँताऊँ भन्ने हो,’ उनले भने। 

ओलीमा विश्वसनीयताको कमी रहेको र आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने प्रवृत्ति रहेको भन्दै उनले सबैतिरबाट कमजोर भएपछि यस्तो प्रस्ताव आएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस