काठमाडौँ । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ।
बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुने र सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ।
संघीय संसद्को महासचिव डा।भरतराज गौतमका अनुसार बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७९ पेस गर्नेछन्।
यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।