बागमती प्रदेशसभा बैठक भोलि बस्ने « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

बागमती प्रदेशसभा बैठक भोलि बस्ने


९ फाल्गुन २०७९, मंगलबार


हेटौँडा । बागमती प्रदेशसभा बैठक भोलि बुधबार बस्ने भएको छ।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बुधवारको लागि प्रदेशसभा बैठक आह्वान गरेको हो। बैठक बुधबार दिउँसो २ः१० बजे बस्नेछ।

उक्त बैठकमा प्रदेश सरकारले जारी गरेका अध्यादेशहरूका प्रतिस्थापन विधेयकहरू पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उक्त बैठकमा निजामती कर्मचारीसम्बन्धी २ वटा अध्यादेशका प्रतिस्थापन विधेयक संसद् बैठकमा पेस गरिनेछ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई जगाउन बनेको विधेयक पनि संसदमा पेस गरिनेछ। यसअघि राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधनसम्बन्धी अध्यादेश जारी गरेको थियो।

सो अध्यादेशले हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अलग गर्ने तयारी गरेपछि एमालेले विरोध गरेको थियो। उक्त अध्यादेश निष्क्रिय पार्न वर्तमान सरकारले विधेयक ल्याएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस