२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भइरहेको खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ ।

जान ग्रीनले अविजित ७५ रन बनाएपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको हो ।

ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे । १३८ रनमा पाँच विकेट गुमाएको नामिबियाका लागि जान ग्रीन र पिक्की या फ्रान्सले ९४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

ग्रीनले अन्तिम ११ बलमा रुबेन ट्रम्पलमेसँग अविजित ४४ रनको साझेदारी गरे । नामिबियाले अन्तिम १० ओभरमा ११५ रन जोडेको थियो ।

४९औं ओभरमा सोमपाल कामीले नन पिक्की या फ्रान्सलाई रनआउट गर्दै यो साझेदारी तोडेका थिए । यस्तै नन स्ट्राइकर एन्डमा रहेका फ्रान्स अर्धशतक बनाउनबाट समेच एक रनले चुके ।

सातौं नम्बरमा ब्याटिङ गरेका फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए ।

त्यसपछि लो हान्ड्रे लौरेन्स र कार्ल विर्केन्स्टोकले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । लौरेन्सले ४१ र कार्लले २० रन बनाए । दुवैलाई सन्दीप लामिछानेले लगातार ओभरमा आउट गर्दै नेपालले सफलता दिलाएका थिए ।

यस्तै माइकल भान लिगेनले २२ रन बनाए भने कप्तान गेर्हार्ड एरासमस र जान निकोल लोफ्टी एटोनले समान १५ रन जोडे ।

नेपालका लागि सन्दीपले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । अघिल्लो खेलमा ५ विकेट लिएका करणले आज १ विकेट मात्र लिए । त्यसका लागि उनले ९ ओभरमा ७० रन खर्चिए ।

करण केसीले ९ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिए तर विकेट लिन सकेनन् । नामिबियाका दुई खेलाडी रनआउट भए ।

प्रतिक्रिया दिनुहोस