२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सकियो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, के-के भयो छलफल ?

अ+ अ-

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा बसेको संयन्त्रको बैठक भर्खरै सकिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आजको बैठकमा सरकारका काम कारबाही र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको जानकारी दिए।

उनले भने, ‘सरकारले गरेका काम कारबाहीबारे आपसी समन्वयबारे कहाँ कमजोरी भयो भन्नेबारे समीक्षा भयो। आगामी दिनमा मजबुत ढङ्गले यो सहकार्यलाई अगाडि बढाएर लैजाने सहमति भएको छ। नियमित रूपमा यस प्रकारका भेटवार्ता कायम राख्ने सहमति भएको छ । रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको छ। आज पनि कुराकानी भयो। उपर्युक्त समयमा रास्वपा सरकारमा आउन सक्छ।’

अध्यक्ष लिङ्देनले राष्ट्रपतिको निर्वाचनबारे छलफल नभएको बताए। उनले पुस १० को सहमति अनुसार नै अगाडि जाने भएकाले थप छलफल गर्नुपर्ने आवश्यकता नरहेको प्रस्ट पारे।

‘राष्ट्रपति निर्वाचनबारे बाहिर आइरहेका कुराहरू भ्रमपूर्ण छन्। हामीले सरकार निर्माणको क्रममा एउटा सहमति गरिसकेका छौँ। सोही सहमतिमा सत्ता साझेदार दलहरूबिचमा विमति छैन। बाहिर आएजस्तो सत्तारूढ दलभित्र कुनै मतभेद छैन,’ अध्यक्ष लिङ्देनले भने।