चिकित्सक कुट्ने प्रहरी हवल्दार निलम्बित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

चिकित्सक कुट्ने प्रहरी हवल्दार निलम्बित


२८ माघ २०७९, शनिबार


काठमाडौँ । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठी चार्ज गर्ने प्रहरी हबल्दार निलम्बनमा परेका छन्।

नेपाल प्रहरीका प्रवक्ता पोशराज पोखरेलले निलम्बन पर्नेमा वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ रहेको जानकारी दिए।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका थिए ।

भण्डारी संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका गुरुङले लाठी चार्ज गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस