कर्णाली प्रदेशमा ट्राफिक टोल फ्रि नम्बर सुचारु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

कर्णाली प्रदेशमा ट्राफिक टोल फ्रि नम्बर सुचारु


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । कर्णाली प्रदेशमा ट्राफिकसँग सम्बन्धित विषयहरूको जानकारी लिन र दिन टोल फ्रि नम्बर सुचारु गरिएको छ।

नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालयले प्रदेशभरि एउटै नम्बरबाट ट्राफिक प्रहरीसँग सूचना लिन–दिन सकिने गरी टोल फ्रि नम्बर सुचारु गरेको हो।

टोल फ्रि नम्बर १०३ रहेको छ । सो टोल फ्रि नम्बर चौबिसै घण्टा निःशुल्क रूपमा खुल्ला रहने प्रहरीले जनाएको छ ।

उक्त नम्बरबाट ट्राफिक सम्बन्धी सम्पूर्ण सूचनाहरू लिन र दिन सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस