३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पारस खड्का क्रिकेट सङ्घको चुनावमा उम्मेदवार हुन नपाउने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट सङ्घ (क्यान)को आसन्न निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् ।

क्यान कार्यसमिति (बोर्ड) बैठकले बुधबार जेठ मसान्तभित्र जिल्ला, प्रदेश हुँदै केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसलाई फागुन १४-१५ मा सुर्खेतमा हुने वार्षिक साधारण सभामा पेस गरिनेछ ।

क्यानको २०७५ सालमा तेस्रोपल्ट संशोधन गरिएको विधानमा क्रिकेट सङ्घको सदस्यता हुनका लागि राष्ट्रिय टोलीबाट बाहिरिएको दुई वर्ष हुनुपर्ने उल्लेख छ ।

विधानको दफा २३ को उपधारा ३ (क)मा भनिएको छ, ‘‘..यस उपधारा बमोजिम सदस्यता प्राप्त गर्ने खेलाडीले कार्यसमितिको निर्वाचन हुनुभन्दा अगावैको कम्तिमा दुई वर्षको अवधिमा भएका राष्ट्रिय टोलीमा सहभागी नभएको अवस्थामा मात्र कार्यसमितिको पदाधिकारी वा सदस्यका रूपमा निर्वाचित हुन सक्नेछ ।’

पारसले २०७८ साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । तर, उनी २०७६ चैतदेखि नै राष्ट्रिय टिममा थिएनन् । २०७७ चैतसम्म उनले घरेलु क्रिकेट खेलेका थिए । क्यानको नयाँ विधान निर्माणका क्रममा प्रारम्भिक समयदेखि नै संलग्न क्यान पूर्व सचिव अशोकनाथ प्याकुरेलले सन्यास दिएको दिनदेखि गणना हुने पुष्टि गरे ।

त्यसो हुँदा पारस आगामी भदौ महिनामा मात्र जिल्ला क्रिकेट सङ्घको साधारण सदस्य हुन पाउँछन् । क्रिकेट सङ्घले आफ्नो कार्यकाल सकिनु चार महिना अगावै निर्वाचनमा जाने निर्णय गरेका कारण पारस त्यो प्रक्रियामा समावेश हुन नपाउने भएका हुन् ।

२०७६ असोज १२ गते निर्वाचित क्यान कार्यसमितिको पदावधि सकिन अझै नौ महिना बाँकी छ । क्यान विधानले अर्ली इलेक्सनको परिकल्पना नगरेको भए पनि बाधा अड्काउ फुकाउमार्फत चाडै निर्वाचन गर्न लागिएको अध्यक्ष चतुरबहादुर चन्दले बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस