२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानले घटायो करारका महिला क्रिकेटरको संख्या

अ+ अ-

पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान) ले करारमा राख्ने महिला क्रिकेटरको संख्या घटाएको छ ।

यसअघि पुरुष र महिला दुवैतर्फ १८ जना खेलाडीलाई करारमा राखेको भए पनि यसपालि भने करारमा ६ महिला खेलाडी कटौती गरिएको छ ।

पोखरामा बसेको क्यानको बोर्ड बैठकले १८ पुरुष खेलाडी र १२ महिला खेलाडीलाई ६ महिनाका लागि करारमा राख्ने निर्णय गरेको छ ।

क्यानको करारमा परेका महिला खेलाडीमा ग्रेड ए र बी मा समान ३ जना छन् भने ग्रेड सी मा ६ जना छन् । कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर र इन्दु बर्मा ग्रेड एमा कायम छन् ।

यस्तै काजल श्रेष्ठ बी मा घटुवा हुँदा अस्मिना कर्माचार्य सी बाट बी मा बढुवा भएकी छन् । कविता कुँवर बी ग्रेड मै यथावत छिन् । ज्योति पाण्डे र अप्सरी बेगम ग्रेड सीमा घटुवा भएका छन् । कविता जोशी, विन्दु रावल, सङ्गीता राई र ममत चौधरी ग्रेड सी मा यथावत छन् ।

यसअघि ग्रेड एमा रहेकी करुणा भण्डारी, ग्रेड बीमा रहेका सबनम राई, सरस्वती चौधरी र सरिता मगर तथा ग्रेड सीमा रहेका डली भट्ट र रोमा थापा ग्रेडिङबाट बाहिरिएका छन् ।

फिटनेश लगायतका आवश्यक मापदण्ड पूरा नगरेका कारण यस पटक करारमा रहने महिला खेलाडीको संख्या घटेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

महिलातर्फ ए ग्रेडमा परेमा खेलाडीले मासिक २१ हजार रुपैयाँ, बीमा रहेकाले १८ हजार र सीमा रहेकाले १५ हजार रुपैयाँ पाउँछन् । पुरुषतर्फ भने ग्रेड एमा परेका खेलाडीले ६० हजार, ग्रेड बीमा रहेका खेलाडीले ५० हजार र ग्रेड सीमा रहेका खेलाडीले मासिक ४० हजार रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया दिनुहोस