३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : रामनारायण बिडारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बिडारीले राष्ट्रपति पद एकता, सङ्घीयता र गणतन्त्रकै प्रतीक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरूबाट मुक्ति मिल्ने जिकिर गरे । राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको बताउँदै उनले भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए ।

उनले भने, ‘राष्ट्रपति निर्वाचनको बारेमा गोप्य चुनाव किन गराए रु होला नि त अर्थ ? भोट हाल्ने जनताका प्रतिनिधिले ? तर त्यसको चुनाव चाहिँ गोप्य, यसको अर्थ त ह्विप लाग्दैन भनेको हो नि । ह्विप नलाग्ने प्रकारको यो चुनाव हो । यसलाई विचार गरेर राष्ट्रपतिको चुनावलाई हामीले निर्वाचन जस्तो हेर्नुपर्छ । ह्विप नलाग्ने कुरामा अभ्यास गर्नुपर्छ । यसलाई अघि बढाउनुपर्छ ।’

उनले थपे, ‘संसदीय दलको बैठक बोलाउँछ, बैठकमा संसदीय दलको नेता टक्क आएर यसमा सिरियस छ, यस्तो गर्नु भन्छ, सांसद थर्कमान । राष्ट्रपति एकताको प्रतीक हो । सङ्घीयताको प्रतीक हो, गणतन्त्रको प्रतीक हो । यसलाई देशका सबै राजनीतिक दलले गम्भीरतापूर्वक छलफल गरेर सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनायौँ भने राष्ट्रपतिबाट अहिले जे–जे दुःख पाएका छौँ, त्यो भोग्नु पर्दैन ।’

तत्कालीन राष्ट्रपति रामवरण यादवको पालामा रुपमाङ्गत कटुवालको बाहेक अन्यमा बहस गर्नु नपरेको तर राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा धेरै राजनीतिक गन्ध आएको उनले बताए । उनले भने, ‘दलीय प्रभाव परको, गर्नु नहुने काम गर्नुभयो । राष्ट्रपति बडो विचार गरेर बनाउनुपर्ने रहेछ, पहिलो यो फालेको पद जस्तो थियो, अहिले प्रधानमन्त्री रोक्न र बनाइदिन पनि सक्नुहुने रहेछ । राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्छ ।’

फरक प्रसङ्गमा बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताए । उनले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसाबबाट बुझ्न नहुने बताए । उनले नेपाली काँग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा हुन नरहेको जिकिर गरे ।

बिडारीले नेपालको मिश्रित प्रणालीको चुनावलाई पूर्ण समानुपातिक वा पूर्ण प्रत्यक्ष बनाउनुपर्ने बारेमा छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस