२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्थिरता निम्त्याउने शक्तिबारे उजागर गर्नु पर्छ : मुख्यमन्त्री गिरी

अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता निम्ताउने शक्तिका बारेमा उजागर गर्नुपर्ने बताएका छन् ।

सरकारलाई अस्थिर बनाउन विदेशी शक्ति र भूराजनीतिको प्रभाव रहेको भन्दै गिरीले त्यस्ता शक्तिको पक्षमा लाग्ने दल र नेताविरुद्ध सञ्चार माध्यमले निर्मम प्रहार गर्नुपर्ने बताए ।

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता सङ्घर्ष’ नामक पुस्तकबारे शनिबार बुटवलमा भएको विमर्शमा मुख्यमन्त्री गिरीले मुलुकको विकास र समृद्धिको वाधक राजनीतिक अस्थिरता नै भएको बताए ।

‘बहुमतको सरकार किन गिराउने खेल कसले गरिरहेको छ ? किन सरकारहरू टिक्न सकेनन्’, मुख्यमन्त्री गिरीले प्रश्न गरे, ‘नेपालमा स्थिरता हुन नदिन विदेशी शक्ति र भू राजनीतिको प्रभाव छ कि छैन, यस्ता शक्तिहरूका बारेमा जनतालाई उजागर गर्ने काम मिडियाको हो ।’

मुख्यमन्त्री गिरीले संसदीय व्यवस्थामा सरकार बनाउने र गिराउने खेल विश्वका अधिकांश देशमा हुने भन्दै सबै कुराको दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा यसको भित्री कारणहरू पहिल्याउनु जरुरी रहेको औँल्याए ।

पुस्तकका लेखक रामकृष्ण भण्डारीले आफूले पत्रकारिताका दौरान देखेका, भोगेका, महसुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक प्रकाशन गरेको बताए । पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस