लक्ष्मी महतो अपराधी होइनन् : रघुवीर महासेठ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

लक्ष्मी महतो अपराधी होइनन् : रघुवीर महासेठ


१० माघ २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका सांसद रघुवीर महासेठले लक्ष्मी महतो अपराधी नभएको जिकिर गरेका छन्।

मङ्गलवार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद महासेठले यस्तो जिकिर गरेका हुन् ।

उनले भने, ‘लक्ष्मी महतोलाई किन अपराधी भन्ने ? उनी प्रधानमन्त्री बन्न सक्छन्। उहाँ लोकप्रिय नभएको भए महोत्तरीबाट चुनाव जितेर आउनु हुन्थ्यो। ओली, देउवा, नेपाल जेल गएका छैनन् र ? अहिलेका प्रधानमन्त्रीमाथि आतङ्ककारीको आरोप लागेको थियो ।’

उनले अगाडि भने, ‘महतो पार्टीको सम्पर्कमा छैनन्। नियन्त्रणमा लिएको भए जानकारी दिनुपर्‍यो। गृहलाई आग्रह समाउनु पर्ने भए समाउनुहोस्। एमालेका कुनै पनि नेताले अवरोध गर्दैन ।’ महतोलाई निवर्तमान सरकारले समाजसेवी पुरस्कार दिएको भन्दै उनले अपराधीलाई किन पुरस्कार दिइयो भनी प्रश्नसमेत गरे।

सांसद महासेठले भने, ‘लक्ष्मी महतो अपराधी नै हुन् त ? उनलाई निवर्तमान सरकारले समाजसेवी पुरस्कार दियो। त्यो हेर्नू पर्दैन ? सात वर्ष भइसक्यो घटना भएको। ३ वर्ष भो उच्च अदालतले आदेश भएको। किन नसमातेको ? उनलाई त सरकारले सम्मान गरेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस