सडक दुर्घटनामा घिमिरेको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सडक दुर्घटनामा घिमिरेको मृत्यु


२४ श्रावण २०७४, मंगलबार


बस दुर्घटना

काठमाडौँ । कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ ।

आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं. को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस