नेपाली कला र संस्कृति जोगाउन नेपाली जनता जागरुक : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाली कला र संस्कृति जोगाउन नेपाली जनता जागरुक : ओली


८ माघ २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरू लागेकाले कला र संस्कृति नमर्ने बताए।

अध्यक्ष ओलीले भने, ‘पीर गर्नु पर्दैन, नेपाली कला, संस्कृति मर्दैन। आफ्नो कला संस्कृतिलाई मन पराउने, संरक्षण तथा सुरक्षा गर्ने नेपाली जनता छन्। कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यमा कलाकारहरू लाग्नुभएको छ।’

उनले कलाकारहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बजाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस