३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री दाहाललाई मिटरब्याज पीडितले बुझाए ध्यानाकर्षण पत्र

अ+ अ-

काठमाडौँ । मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर सङ्घर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

समितिले गृह मन्त्रालयले बनाएको मिटर ब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन नभएको र पक्राउ परेका मिटरब्याजीहरू धमाधम छुटेकामा चिन्ता व्यक्त गरेको छ । सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहका अनुसार पत्रमा दृष्टि बन्धक र अन्य तमसुकलाई अवैध घोषणा गरेर पीडित किसानलाई क्षतिपूर्ति प्रदान गर्न माग गरिएको छ ।

पीडित सङ्गठित भएपछि मिटरब्याजीहरू धमाधम अदालत जाने र जग्गा हडप्ने काम बढ्न थालेको पत्रमा उल्लेख छ । मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर सङ्घर्ष समिति अहिले नवलपरासीको अलावा दाङ, कैलाली, रौतहट र सर्लाहीमा पनि गठन भएको छ, जसमा चार सयभन्दा धेरै पीडित सङ्गठित छन् ।

मिटर ब्याजका पीडकमाथि कारबाही हुनुपर्ने र विशेष कानुन ल्याएर पीडितका मुद्दा सम्बोधन हुनुपर्ने भन्दै नवलपरासीको सुस्तासहित देशभरमा पीडित आन्दोलित छन् । पहिलो पटक पीडित गत जेठ अन्तिम साता काठमाडौं पुगी १३ दिन आन्दोलन गरेका थिए ।

साउन १६ मा उनीहरू दोस्रो चरणको आन्दोलनका लागि काठमाडौं आएका थिए । त्यति बेला निरन्तर ४७ दिनसम्म आन्दोलन गरेर फर्केका थिए । आन्दोलनको बलमा गृह मन्त्रालयले बनाएको मिटर ब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले गत पुस २९ मा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

सङ्घर्ष समितिका अध्यक्ष कुशवाहले सरकारले समयमै मिटर ब्याज पीडितको समस्या सम्बोधन नगर्दा पीडित घर न घाटको हुने अवस्था बढ्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस