काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित चारकोसे जङ्गलमा नवजात शिशु फेला परेकी छन् ।
कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशुलाई स्थानीयले फेला पारेका छन् ।
नवजात शिशु (छोरी) लाई स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।
नवजात शिशुलाई कसले जङ्गलमा छाड्यो त्यस्को विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताए ।
नवजात अवैध सम्बन्धका कारण जन्मिएर बेवारिसे अवस्थामा छाडिएको आशङ्का गरिएको छ ।







