कर्मचारीलाई धन्यवाद दिँदै मन्त्री कार्की मोटरसाइकलमा घर फर्के « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारीलाई धन्यवाद दिँदै मन्त्री कार्की मोटरसाइकलमा घर फर्के


२५ पुस २०७९, सोमबार


काठमाडौँ । चौध महिनाको कार्यकाल पूरा गरी प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मोटरसाइकलमा घर फर्केका छन्।

मन्त्रालयमा सोमबार आयोजित बिदाइ कार्यक्रमपछि उनी मन्त्रालयको सवारी राखेर स्वकीय सचिव दिवस राजवंशीसँग मोटरसाइकलमा घर फर्किएका हुन्।

बिदाइका क्रममा कार्कीले कार्यकालमा सहयोग गर्ने सबै कर्मचारी तथा प्रदेशवासीलाई धन्यवाद दिए। कार्कीले सङ्घीयता कार्यान्वयनका लागि कतिपय अधिकार केन्द्रबाट प्रदेशमा हस्तान्तरण गर्न ढिलाइ हुँदा समस्या भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस