काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती छन् भन्ने स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले प्रचण्डलाई बधाई दिँदै चुनौती छन् भन्ने स्मरण गर्न पनि आग्रह गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मङ्गलवार विश्वासको मत पाउनेमा आफू ढुक्क भएको भन्दै ओलीले भने, ‘आज पनि उहाँलाई बधाई भन्न चाहन्छु । तर चुनौती छन् भन्ने कुरा पनि स्मरण गराउन पनि चाहन्छु ।’
पूर्व प्रधानमन्त्री ओलीले अहिले राष्ट्रियतासम्बन्धी र आर्थिक समस्या बढी रहेको बताए । अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै ओलीले सबै समस्याको सकारात्मक ढङ्गले समाधान खोज्नुपर्ने बताए । ‘मुलुकलाई पछाडि सर्नबाट रोकेर अगाडि बढाउनुपर्नेछ’ उनले भने ।
सरकारको न्यूनतम साझा कार्यक्रम अविलम्ब आउने भन्दै ओलीले त्यसै अनुसार सरकारले काम गर्ने बताए ।