२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनक माविका ११८ विद्यार्थी ‘पढ्दै कमाउँदै’

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको नमो बुद्ध नगरपालिका–४ मेथिनकोटस्थित कक्षा १२ मा अध्ययनरत विद्यार्थी विवेक पकवालले घरमा पाँच महिनादेखि एउटा बाख्रा पालिरहेका छन् ।

विद्यालयमा पशु विज्ञान धानमा अध्ययनरत उनले विद्यालयमा सञ्चालन भएको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत सो कार्य थालनी गरेका हुन् । पाठ्यक्रममा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक विधिअनुसार घरमा बाख्रा पालनले आम्दानीसँगै अध्ययनलाई निरन्तर अगाडि बढाउन सहयोग पुगेको उनले बताए ।

‘पालेको बाख्राको पहिलो सन्तान विद्यालयलाई दिनुपर्ने र माउ बाख्रा भने विद्यार्थी आफैँले पाउने गरी हामीले पढाइसँगै प्रयोगात्मकको रूपमा पढ्दै कमाउँदै कार्य गर्दै आएका छौँ’, उनले भने, ‘दिउँसो बाख्रासम्बन्धी पढाइ हुन्छ, बेलुका घरमा पुगेर व्यवहारिक ज्ञान लिने गर्दा धेरै सजिलो पनि हुँदो रहेछ ।’ यसरी काम गर्दा परम्परागत र पढेर गरेको काममा भिन्नता देखिनुका साथै कम समय र कम खर्चमा धेरै उत्पादन हुने अवस्था रहेको उनले बताए ।

अर्का विद्यार्थी कक्षा १० मा अध्ययनरत पशु विज्ञान प्राविधिक धारमा अध्ययनरत अनमोल अधिकारीले पनि पढेर मात्रै नभई व्यवहारमा लागू गरेर देखाउन सक्ने हुनको लागि आवश्यक रहेकाले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बाख्रा पालन कार्यमा संलग्न भएर काम आएको बताए ।

उनीहरूसँगै अन्य २२ जना विद्यार्थीले त्यसरी नै अध्ययनसँगै प्रतिविद्यार्थी एउटा बाख्रा पालन गर्दै आइरहेका छन् भने विद्यालयले फार्म सञ्चालन गरी बाख्रा पालनको काम गरिरहेको छ ।

सोही विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थी सो दीक्षा मैनालीले भने विद्यालय हाताभित्रमा रहेको मौरीको घार रेखदेख गर्दै आएका छन् । विद्यालयले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यार्थीलाई पाँच/पाँच जनाको समूह बनाएर मौरीको घार वितरण गरी मौरी पालन कार्यमा संलग्न गराएपछि उनी अध्ययनसँगै त्यसैमा केन्द्रित भएको छ । ‘हामीले विद्यालय हाताभित्र नै मौरीलाई चाहिने फूलका बोट बिरुवा रोप्ने गर्नुपर्छ ।’ उनले भने, ‘त्यसबाट हुने आम्दानीको ५० प्रतिशत विद्यालयलाई र ५० प्रतिशत समूहमा रहने साथीहरूलाई बाँडेर लिन पाइने शिक्षकले बताउनुभएको छ ।’

बाख्रा पालन गर्नलाई घरमा गोठ नभएको र मौरी पालन गर्दा धेरै दुःख नहुने भएकाले यही काम रोजेको उनले बताए । कक्षाका ४२ जनामध्ये मौरी पालन कार्यमा संलग्न हुन चाहने २० जनाले करिब दुई हप्ताबाट सो कार्य सुरु गरेका छन् ।

उनीहरू मात्रै नभएर विद्यालयका अन्य ७६ जना विद्यार्थी अदुवा खेतीमा संलग्न भएर काम गरिरहेको विद्यालयले जनाएको छ ।

विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीका अनुसार छ रोपनी जग्गा भाडामा लिएर ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत अदुवा खेती सुरु गरेको छ । यसरी विद्यालयका विद्यार्थीमध्ये एक सय १८ विद्यार्थी पूर्णरुपमा सहभागी भइरहेको उनले बताए । त्यति मात्रै होइन, विद्यालय भवनको पछाडि रहेको जग्गामा टनेलभरि पाकिरहेको गोलभेँडा, काउली र मुला छन् । त्यसैको छेउमा फूल फुल्दै गरेको तोरी, अनि धेरै थरिका तरकारीको बेर्नादेखि टिप्न मिल्ने थरिथरिका तरकारी ।

विद्यार्थीको मेहनतले यहाँका चार रोपनी जग्गा हराभरा बनाएको छ । ‘एक विद्यालय, एक उद्यम कार्यक्रम’अन्तर्गत विषयसँग सम्बन्धित बाख्रा पालन, तरकारी खेती, धान खेती र मौरी पालनको समेत काम भइरहेको छ ।

कार्यक्रमअन्तर्गत विद्यार्थीलाई थप सक्रिय बनाउनका लागि विद्यालयले ‘कृषि उद्यमी क्लब’ भनेर गठन गरेको छ । जसको नेतृत्व कक्षा १२ का विद्यार्थी विवेक पकवालले गरेका छन् । विद्यालयको नेतृत्वमा आवश्यक जग्गा उपलब्ध गराएर विद्यार्थीलाई सहज बनाएको छ ।

जहाँ उत्पादन भएको तरकारी र धान विद्यालयमा नै सञ्चालन भएको दिवा खाजाको लागि विद्यालयले नै खरिद गर्दै आएको विद्यालयका सहायक प्रधानाध्यापक हरिहर अधिकारीले बताए । उनका अनुसार अहिले विद्यालयले सञ्चालन गरेको बाख्रा फार्ममा १८ वटा बाख्रा छन् । यसअघि दुई हजार वटा कुखुरा बिक्री गरिसकेकोमा अहिले ३० वटा लोकल कुखुरा पालन गरी मासु र अण्डा उत्पादनको काम भइरहेको छ ।

विशेष गरी अण्डा उत्पादनको कामलाई प्राथमिकता दिने गरी पाँच सयसम्म पुर्‍याउने तयारीमा विद्यालय रहेको उनले बताए । यसको रेखदेख गर्नका लागि मोहन स्याङतान दम्पतीलाई राखिएको छ ।

सङ्घीय सरकारको दश लाख अनुदानमा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएको हो । विद्यालयको कक्षा ७ देखि नै सुरु भएको छ भने कक्षा ९ देखि १२ सम्म पशु विज्ञान प्राविधिक धारको पढाइसमेत सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस