२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा सुन्तला खाने र बोकेर दौड्ने प्रतियोगिता

अ+ अ-

रेसुङ्गा । गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।

सुन्तला खानेमा ६ सहभागी भएका थिए । यसमा सबैभन्दा बढी खाएर प्रथम सुशील खनाल भएका छन्। उनले तोकिएको पाँच मिनेटमा एक किलोग्राम सात सय ६५ ग्राम सुन्तला खाएका थिए । उनले एक हजार नगद पुरस्कार पाएका छन् ।

त्यस्तै प्रतियोगितामा सहभागी मनोज अर्यालले एक किलो चार सय ६० ग्राम, प्रेम पन्थले एक किलोग्राम तीन सय ४० ग्राम, कुशल पन्थले एक किलो ९० ग्राम, हरिप्रसाद कँडेलले नौ सय ६० ग्राम र रिजन पन्थले चार सय ८५ ग्राम सुन्तला खाएका थिए । सुन्तला बोकेर दोड्ने प्रतियोगितामा नौ जना सहभागी भएका थिए । डोकोमा २० किलो सुन्तला बोकेर एक किलोमिटर बाटोमा दौड्दा प्रथम भीमकला भुसाल र आशा अर्याल भएकी थिइन् ।

दोस्रोमा राधा पन्त र वर्षा पन्त साथै तेस्रो लक्ष्मी अर्याल र सावित्रा पन्थ परेकी थिइन् । सुन्तला किसानलाई खेतीमा प्रोत्साहित, बजारीकरणको ‘ग्यारेन्टी’, स्थान विशेष पहिचानको कायम र कृषि पर्यटनलाई प्रवर्द्धन गर्नको लागि महोत्सव गरिएको आयोजक अनमोल किसान समूहका अध्यक्ष विष्णुप्रसाद पन्थले जानकारी दिए ।

सुन्तला खेतीको भू-अनुकूल विस्तार र विकास, स्वरोजगार आयआर्जनबाट हुनेछ भरपर्दो निकास भन्ने नाराका साथ सुन्तलाको प्रदर्शन, सुन्तलाबाट बन्ने परिकारको प्रदर्शनी र विभिन्न प्रतियोगिताका साथ महोत्सव गरिएको हो ।

छत्रकोटमा ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए । उनले सुन्तला महोत्सवबाट स्थान विशेष पहिचानसहित बजारीकरणमा सहयोग पुग्ने पनि बताएका छन् ।

विसं २०६० देखि सुन्तला किसानलाई आबद्ध गराएर अनमोल कृषि समूहले काम गरिरहेको छ । सुन्तला महोत्सवमा स्थानीय लाखे नाँच र पञ्चेबाजा लगायतको प्रतियोगिता राखिएको थियो ।

गुल्मीमा सुन्तला जोनमा दुई सय ६ वटा समूह सहकारी आवद्ध भई काम गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई सुन्तला जोनका कार्यालय प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिइन् ।

सुन्तला जोनले जिल्लामा प्राविधिक सहयोग, साना सिँचाइ, बगैँचा व्यवस्थापन र तालिमसमेत सञ्चालन गर्दै आएको छ । जिल्लामा सुन्तला जोन अन्तर्गत एक हजार एक सय पाँच हेक्टरमा सुन्तला लगाइएको छ । सोमध्ये चार सय १७ हेक्टरमा उत्पादन भइरहेको छ ।

गुल्मीमा कूल नौ सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । जिल्लामा यसवर्ष कूल ६ हजार आठ सय ३९ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । यसबाट रु २९ करोड ३७ लाख रुपैया आम्दानी हुनेछ

प्रतिक्रिया दिनुहोस