मेसी ‘बिबिसी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ बने « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

मेसी ‘बिबिसी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ बने


५ पुस २०७९, मंगलबार


काठमाडौँ । फुटबल वर्ल्ड कप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसी ‘बिबिसी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर’ बनेका छन्।

३५ वर्षीय मेसीले कतारमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकप जिताए। उनले गोल्डेन बल अवार्ड पनि प्राप्त गरे।

आइतबार फ्रान्सविरुद्धको वर्ल्ड कप फाइनल मेसीको २६ औँ विश्वकप खेल थियो। उनले जर्मन खेलाडी लोथार म्याथुसको सबैभन्दा धेरै विश्वकप खेल्ने रेकर्ड पनि तोडेका छन्। यसैगरी मेसी वर्ल्डकपमा अर्जेन्टिनाबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस