२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा तथा स्वास्थ्य उपचारमा उत्कृष्ट बन्यो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

अ+ अ-

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सबैभन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेको एक प्रतिवेदनले जनाएको छ।

हालै नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको देशभरिका सबै संघीय सरकारी अस्पताल तथा देशभित्रका सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको राष्ट्रिय रूपमा संयुक्त वार्षिक समीक्षा बैठक २०७८/०७९ को प्रतिवेदनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उत्कृष्ट रहेको जनाएको हो।

नेपाल सरकार अन्तर्गतका ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको प्रगति विवरणको तुलनात्मक अध्ययन गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञानमा सबैभन्दा बढी उपचारका लागि बिरामी आउने गरेको देखिन्छ।

प्रतिवेदनअनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षमा ४ लाख ८१ हजार ५१४ जना बिरामीहरूलाई ओपिडीबाट उपचार सेवा प्रदान गरेको छ।

त्यसैगरी, इमर्जेन्सी सेवा एवम् भर्ना भई उपचार पाएका बिरामीको संख्या पनि अन्य प्रतिष्ठानभन्दा बढी रहेको छ। इमर्जेन्सीतर्फ ६९ हजार ६८१ जना बिरामीहरूको उपचार गरिएको थियो भने ४२ हजार ९४८ जना बिरामीहरूले वार्डमा भर्ना भई उपचार गराएका थिए। प्रतिष्ठानले बिरामीको बढ्दो चापलाई मध्यनजर गरी इमर्जेन्सी सेवामा विस्तार गरेको थियो।

प्रतिष्ठानमा उपचारार्थ आउने बिरामीहरूको मृत्युदर १.३ प्रतिशत रहेको छ जुन अन्य प्रतिष्ठानभन्दा कम रहेको तथ्याङ्कबाट देखिन्छ।

त्यसैगरी, शैक्षिक कार्यक्रमतर्फ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा बढी ९ वटा शैक्षिक कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस