२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्नातक प्रथम वर्ष पढ्दै गरेकी बिपना चिया बेचेरै मासिक ९० हजार कमाउँछिन् !

अ+ अ-

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की बिपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ ।

यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । बिपनाले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार कमाउँदै आएकी छिन्।

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने बिपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य २५ भए पनि बिपनाले एक कप चिया २० का दरले बेच्ने गरेकी छिन् । ‘चिया बेचेर दैनिक तीन हजारका दरले मासिक ९० हजार कमाइ हुन्छ’, उनी भन्छिन्, ‘घर खर्च सबै कटाएर ६० हजार बचत गर्दै आएकी छु ।’ बिपनाले दैनिक चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिक रूपमा औसत कमाइ तीन हजार भएको बताइन्।

माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि बिपना पढ्नका लागि तम्घास आएकी हुन्। उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट प्लस टु सक्काइन् । त्यसपछि फुर्सदमा भएको समयमा उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । त्यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने कल्पना गरिन् ।

मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर सुरुआत गरिन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छिन् ।

अनुभव सँगाल्ने भनेर चिया बेच्न सुरु गरेको बिपनाले बताइन् । ‘अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरता दिएँ’, उनी भन्छिन्, ‘मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन ।’, तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीन रूपमा निरन्तरता दिने बिपनाको भनाइ छ ।

उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइन भ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई बिपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले बिपनाको खुलेर प्रशंसा गर्छन् ।

बिपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँ ठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिन्छन् । उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन् ।

लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । बिपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन्।

प्रतिक्रिया दिनुहोस