जनकपुरधाम । जनकपुरधाम उपमहानगरले ठुलो संख्यामा करारका कर्मचारी माग गरेको छ।
सिभिल इन्जिनियर, सब इन्जिनियर, चालक, नगर प्रहरी, चौकीदार, माली लगायतका पदमा १५७ जना कर्मचारी माग गरिएको छ।
गोरखापत्रमा सूचना जारी गर्दै उपमहानगरले १५ दिनभित्र आवेदन पेस गर्न भनेको छ। त्यसै गरी कृषि अधिकृत, रोजगार संयोजक, पशु चिकित्सक लगायतका पदमा कर्मचारी माग गरिएको छ।


