धनगढीको कनरीमा दुर्घटना, तीन जनाको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धनगढीको कनरीमा दुर्घटना, तीन जनाको मृत्यु


८ श्रावण २०७४, आइतबार


बस दुर्घटना

धनगढी । धनगढी उपमहानगरपालीका १५ मा पर्ने हुलाकी राजमार्गको कनरीमा मोटर साईकल र बस एक आपसमा ठोक्कीदा आईतबार तीन जनाको मृत्यु भएको छ ।

फुलवारीबाट धनगढी तर्फ आईरहेको से १ ख ५२८ नम्वरको बस र धनगढीबाट फुलवारी तर्फ गईरहेको से १ प ७८६० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा मोटरसाईकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाईकलमा सवार गौरीगंगा नगरपालीका ११ का दिपेन चौधरी र कैलारी नगरपालीका ८ का विर बहादुर चौधरीको सेती अञ्चल अस्पताल पुर्याए लगत्तै मृत्यु भएको थियो । गम्भिर घाईते कैलालीको थापापुरका आसीश चौधरीको लखनउ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस