२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन अभ्यास गरिने

अ+ अ-

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयन कार्यालय पोखराले भोलि २३ गते आपत्कालीन अभ्यास गर्ने भएको छ । 

कार्यालयले विमानस्थल परिसरमा ठुलो धुवाँको मुस्लो दखिने गरी एम्बुलेन्स आवतजावत एवं नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गर्ने जनाएको हो ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) भइसकेको छ । नागरिक उड्डयन प्राधिकरणले पुस १७ अर्थात् अङ्ग्रेजी नयाँ वर्षबाट विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेसँगै उडान हुनु पूर्व क्यालिब्रेसन फ्लाइट भएको हो ।

कम्पनीले १ हप्तासम्म गरिएको क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन बुझाएको छैन । कम्पनीका अनुसार अब १ सातामा प्राधिकरणलाई बुझाइनेछ । पुस १७ मै उडान भर्न अझै थुप्रै खुड्किला पार गर्नुपर्ने अवस्था छ । 

यसमध्येको पहिलो खुड्किलो पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटान हो । १६ मिटर काटेर क्यालिब्रेसन फ्लाइट गरे पनि अझै २४ मिटर काट्न बाँकी छ । पुस १७ अगाडि नै ४० मिटर डाँडा काटिसक्नुपर्ने भए पनि यसको ठेक्का सम्झौता वैशाखसम्म छ । 

विमानस्थल सञ्चालनको अर्को प्रमुख समस्या पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट हो । रिठ्ठेपानी डाँडा कटान गरेर निस्किएको माटोले नै ल्यान्डफिल साइट पुरिने हुँदा अहिलेसम्म ल्यान्डफिल साइट पुर्ने काम सुरु भएको छैन । महानगरले मङ्सिर १८ गते आइतबारदेखि पोखरा १४ मा रहेको ल्यान्डफिल साइटमा फोहोर नफाल्ने भने पनि फोहोर व्यवस्थापनको अर्को विकल्प नहुँदा सोही ठाउँमा फोहोर पुगिरहेको छ ।

प्रतिक्रिया दिनुहोस