चेतन अयडीको हत्या आरोपमा वडाध्यक्ष पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

चेतन अयडीको हत्या आरोपमा वडाध्यक्ष पक्राउ


१५ मंसिर २०७९, बिहिबार


धनगढी । चेतन अयडीको हत्या आरोपमा त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन् ।

मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि वडाध्यक्ष अयडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसँगै अन्य दुई जनालाई पनि पक्राउ गरेएको बताइएको छ ।

अनेरास्वियुको सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका अध्यक्ष समेत रहेका अयडीको मंसिर ४ गते त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर काँग्रेसका कार्यकर्ताले कुटपिट गरेपछि उपचारका क्रममा मृत्यु भएको एमालेको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस