काँग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : डा. शेखर कोइराला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : डा. शेखर कोइराला


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै काँग्रेसको नेतृत्वमा संयुक्त सरकार निर्माण गर्ने बताएका छन् ।

विराटनगर-९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गरे । 

नेता डा.कोइरालाले काँग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने  भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिए । 

उनले मुलुकको समृद्धिका लागि  सुशासन कायम गर्न  र  भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको बताए । 

नेता डा. कोइरालाले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रूपमा सम्पन्न भएको र  लोकतन्त्रको संरक्षणका लागि मतदाताले काँग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएकामा धन्यवाद समेत दिए  ।

Tags :
प्रतिक्रिया दिनुहोस