२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मेरो पहिलो एजेन्डा हो : ज्ञानेन्द्र शाही

अ+ अ-

काठमाडौँ । हालै सम्पन्न निर्वाचनमा जुम्लाबाट नवनिर्वाचित प्रतिनिधिसभा सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही, प्रदेश सभा सांसदद्वय देवेन्द्रबहादुर शाही र टेकराज पछाईले नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।  

नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको आयोजनामा गरिएको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता गरेका हुन्। 

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘देश भ्रष्टाचारले बिग्रेको छ । भ्रष्टाचार नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने मेरो पहिलो एजेन्डा हो। सञ्चार क्षेत्रको विकास र पत्रकारको क्षमता अभिवृद्धिमा जोड दिनेछु। यो क्षेत्रको सडक, बिजुली, टेलिफोन र कृषि तथा पर्यटन क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिइनेछ। डोजर आतङ्कले बाढी पहिरोको जोखिम बढाएको छ। अनावश्यक सडक काटिएका छन्। अहिले सडकमा सवारीसाधन नै सञ्चालनमा छैनन्। यस्ता विकृतिलाई पनि रोक्नेछौँ।’ 

प्रदेश सभा सांसद देवेन्द्रबहादुर शाहीले काँग्रेस पार्टीले अन्याय गरे पनि मतदाताले न्याय गरेर निर्वाचित भएको बताए। 

राजनीतिलाई पेसा–व्यवसाय नबनाएर सेवाका हिसाबले काम गर्दै नागरिकका समस्यालाई ध्यानमा राखेर प्रथामिकीकरणका आधारमा अगाडि बढ्ने उनले बताए। 

प्रदेश सभा सदस्य टेकराज पछाईले जुम्ला समृद्ध बनाउने आफ्नो योजना रहेको बताए। 

सिँजा उपत्यका र त्यो क्षेत्र हुँदै नाग्मगमगढी सडकको स्तरवृद्धिका लागि बजेट व्यवस्थापनमा जोड दिनुका साथै प्रदेश सभामा आवाज उठाउने उनले प्रतिबद्धता व्यक्त गरे। 

पत्रकार महासङ्घ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नवनिर्वाचित सांसदलाई बधाई ज्ञापन गर्दै राम्रा कामलाई प्रशंसा गर्ने र गलत कामविरुद्ध खबरदारी गरिने बताए।