‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ नलिने प्रचण्डको घोषणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ नलिने प्रचण्डको घोषणा


५ श्रावण २०७४, बिहिबार


प्रहरी ऐन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शताब्दी पदक नलिने घोषणा गरेका छन् ।

त्रिमूर्ति निकेतनले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली भाषा साहित्यमा पुर्याएको योगदानको कदर स्वरुप ‘त्रिमूर्ति सम्मान’ र ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रचण्डको निजी सचिवालयले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय लिएको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस