२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमावि तहको १८३ विज्ञान शिक्षक पद रिक्त

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणी पदको विज्ञान विषय शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७८ चैत १७ गते र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगितात्मक (सामान्य र विषयगत) लिखित परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले प्रदेश-१ मा १०१ रिक्त दरबन्दीको लागि लिएको परीक्षामा जम्मा ४१ जना, मधेस प्रदेशमा ३५ रिक्त दरबन्दीको लागि ७ जना मात्रै उत्तीर्ण, बागमती प्रदेशमा १०० रिक्त पदका लागि जम्मा ५७ जना मात्रै उत्तीर्ण भएका छन् ।

गण्डकी प्रदेशमा १०१ रिक्त पदको लागि ७३ जना उत्तीर्ण, लुम्बिनी प्रदेशमा ६० रिक्त पदको लागि ४७ जना, कर्णाली प्रदेशमा २९ जनाको लागि २१ जना र सुदूरपश्चिम प्रदेशको लागि ११ जना मात्रै उत्तीर्ण भएका छन् ।

आयोगले सबै प्रदेशमा ४४० रिक्त दरबन्दीको लागि सञ्चालन गरेको परीक्षामा २५७ जना मात्रै उत्तीर्ण भएका छन् । आयोगले माग गरेको रिक्त दरबन्दी र सार्वजनिक लिखित परीक्षाको नतिजा हेर्दा फेरि पनि १८३ पद रिक्त हुने देखिएको छ ।

आयोगको सूचना अनुसार उत्तीर्ण शिक्षकहरूको अन्तर्वार्ता मंसिर २८ गते सञ्चालन हुनेछ ।