उदयपुर-१ मा मतगणना रोकियो, बोलाइयो बैठक « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

उदयपुर-१ मा मतगणना रोकियो, बोलाइयो बैठक


११ मंसिर २०७९, आइतबार


उदयपुर । उदयपुरमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना रोकिएको छ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ मत रहेको मतपेटिकामा प्रदेश सभाका मतपत्र फेला परेपछि मतगणना रोकिएको हो।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रतिनिधि सभाको मतपत्र रहेको पेटिकामा प्रदेशसभाको मतपत्र फेला परेपछि मतगणना रोकिएको बताए।

उनकाअनुसार साढे १० बजे सर्वपक्षीय बैठक राखिएको छ। उक्त बैठकमा छलफल गरेपछि मतगणना सुचारू गरिने उनले जानकारी दिए।

उदयपुर १ मा अहिलेसम्म नेपाली काँग्रेसका उम्मेदवार नारायण खड्का २१ हजार ८ सय ३३ मतसहित अघि छन् भने एमालेकी उम्मेदवार मन्जुकुमारी चौधरी २० हजार १ सय २० मतसहित पछ्याइरहेकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस