२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलाई हराउन कर्मचारीसँग सेटिङ गरियो, पुनः मतदान हुनुपर्छ : झलनाथ

अ+ अ-

इलाम । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागि परेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको दाबी छ ।

इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए । उनले भने,‘झन्डै ५ सय मत गायब भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौँ । यहाँभित्र षड्यन्त्रहरू धेरै छन् । यो भनेको धाँधली हो । यस्तो धाँधलीपूर्ण निर्वाचन हामी मान्दैनौँ ।’ उनले इलाम १ मा पुनः निर्वाचन गर्नुपर्ने आफूहरूको माग गरेको बताए । तर, त्यो मागलाई सम्बोधन नगरिएको खनालको गुनासो छ ।

‘यो कुरा माथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग पनि गरेका छौँ । तर, हामीले नमान्दा नमान्दै पनि गणना कन्टिन्यु गर्न भनेर माथिबाट निर्देशन आएछ’, उनले भने, ‘यसपछि हामीले के निर्णय गर्‍यौँ भने यो ढङ्गको मतगणनालाई कन्टिन्यु गर्ने कुरामा सहमति छैन ।’

उनले असहमतिका बिच जारी मतगणनामा आफ्नो प्रतिनिधिको उपस्थिति रहेको तर कुनै पनि प्रक्रियामा स्वीकृति, सहमति वा हस्ताक्षर भने नगरेको बताए । ‘क्षेत्र नम्बर १ को पुनः मतदान हुनुपर्छ । आज फेरि ६ वटा बाकसको गनियो । ६ वटा मुचुल्कामा रहेको मत भन्दा २६६ मत बढी देखिएको छ । यस्तो भएपछि फेरि एउटा निवेदन दिँदै छौँ । यो चाहिँ हामी मान्दैनौँ । कसले गर्‍यो यहाँ भन्दा माथिदेखि कर्मचारीसम्मै सेटिङ भएको छ ।’

उनले आफूलाई हराउन ८ करोड भन्दा बढी पैसा बाँडिएको कुरा आइरहेको पनि बताए । एमाले अध्यक्ष केपी ओलीसहित देशी विदेशी शक्ति आफ्नो राष्ट्रवादी अडानबाट चोट पाएर हराउन मैदानमा आएको उनको आरोप छ ।