काठमाडौँ । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
शाही १४ हजार ७ सय २ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेका छन् ।
मुगुमा मतदाता संख्या ३५ हजार ४ सय ८५ मध्ये २६ हजार ६ सय १५ मत खसेको थियो ।