२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जितपछि प्रतिद्वन्द्वीको घरमा एमालेको ढुंगामुढा, माओवादीले गर्‍यो सडक अवरुद्ध

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताले निकटतम प्रतिद्वन्द्वीको घरमा शुक्रबार साँझ ढुंगामुढा गरेका छन्। 

एमालेका लिलानाथ श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका विश्वनाथ साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालापछिको उन्मादमा एमाले कार्यकर्ताहरूले गोलबजार ४ मा घर भएका साहको घरमा साँझ साढे ६ बजेतिर ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले जनाएको छ। 

आफ्ना नेताको घरमा ढुंगामुढा भएको विरोधमा माओवादी केन्द्रले शुक्रबार साँझ साढे ७ बजेदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार खण्ड टायर बालेर अवरुद्ध गरेको छ। 

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी राजु केसीले आफू निर्वाचनको मतगणनाको शिलशिलामा गोलबजार बाहिर रहेको जानकारी दिँदै घटनाको विषयमा जानकारी पाए लगत्तै गोलबजार जाँदै गरेको बताए। 

सिरहा क्षेत्र नं. ३ बाट एमालेका श्रेष्ठले २८ हजार ६४ मतसहित माओवादी केन्द्रका साहलाई पराजित गरेपछि जितको उन्मादमा साहको घरमा ढुंगामुढा गर्नेविरद्ध कारबाही नभएसम्म अवरुद्ध सडक नखोलिने माओवादी केन्द्र गोलबजारका उमेश बरालले बताए।