काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ निर्वाचनमा धाँधली भएको भन्दै संयुक्त पत्रकार सम्मेलन गरिएको छ।
सोमबार दिउसो पत्रकार सम्मेलन गरी गठबन्धनबाहेकका उम्मेदवारले पुनः मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
निवेदनमा कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौँ पटक मतदान गरेको उल्लेख छ ।
स्याङ्जाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा बुथमा सत्ता गठबन्धनको नेपाली काँग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका छन् ।
नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल लगायतले संयुक्त निवेदन दिएका हुन् ।
चापाकोट नगरपालिकाका ४ वटा बुथमा अप्रत्याशित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ । यता निर्वाचन कार्यालय वालिङले भन्ने सर्वदलीय बैठक राखेको छ।