२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ला प्रदेशसभा (२) : त्रिपक्षीय प्रतिस्पर्धा

अ+ अ-

जुम्ला । निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार-प्रसार गर्न नपाइने भएकाले अहिले जुम्लाका उम्मेदवार मतदाता भेटघाटको चटारोमा छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जुम्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र-२ (२) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)बाट पदम रोकाया, नेकपा (एमाले)बाट टेकराज पछाईँ र स्वतन्त्रबाट धनबहादुर बस्नेतबिच कडा प्रतिस्पर्धा हुने सम्भावना छ । राप्रपाबाट देवप्रसाद न्यौपाने र नेमकिपाका विर्षबहादुर रावत उम्मेदवार छन् ।

बस्नेतले काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धन भएकाले रोकाया आफू जित्नेमा ढुक्क छन् । एमालेका पछाईँ सङ्गठन बलियो भएका कारण आफू जित्ने बताउँछन् ।

विसं २०७४ को निर्वाचनमा काँग्रेसका भीमनिधि हमाललाई पराजित गरेर प्रदेशसभा सदस्यमा निर्वाचित भएका रोकायालाई त्यति बेला एमालेको साथ थियो । पछि उनी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।

रोकाया र पछाईँलाई चुनौती दिन स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेत चुनावी मैदानमा उत्रिएका छन् । उनले ४८ वर्ष काँग्रेसमा रहेर राजनीति गरे । जुम्लामा ८३ मतदान स्थल, एक सय छ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा (१) मा ३६ हजार सात सय ८३ र प्रदेशसभा (२) मा ३१ हजार आठ सय ५५ मतदाता छन् ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा तिला, सिञ्जा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । हिमा र कनकासुन्दरी गाउँपालिकामा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो । एमाले पालिका नेतृत्वविहीन अवस्थामा छ ।

तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका प्रदेश (२) मा पर्छन् । यस्तै प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका ललित जङ्ग शाही, एमालेका धीरेन्द्रराज गिरी, नेमकिपाबाट राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्रबहादुर शाही चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस