२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘इन्टेग्रिटी आइकन-२०२२’ बाट पाँच उत्कृष्ट कर्मचारी सम्मानित, खाद्यका महर्जनलाई सिम्बोल अफ डेडिकेसन 

अ+ अ-

काठमाडौँ । यस वर्षको ‘इन्टेग्रिटी आइकन नेपाल-२०२२’ बाट पाँच जना सरकारी कर्मचारीहरू सम्मानित भएका छन् । सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्दै आएका कर्मचारीको कामको मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच कर्मचारीलाई इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको एकाउन्ट्याबिलिटी ल्याब नेपालले सम्मान गरेको हो । 

सम्मानित हुनेमा सडक विभागका इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत, मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगत लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्की, सीमा प्रशासन कार्यालय, नाम्चेमा कार्यरत शाखा अधिकृत, सुजन कुमारी बर्देवा, र जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तरगत प्रदेश अस्पताल सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाल रहेका छन् । 

पाँच जना आईकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड गरिएको थियो । जस अन्तरगत, अधिकारी लिड बाई एक्जाम्पल, महर्जन सिम्बोल अफ डेडिकेसन कार्की भ्वाईस अगनेष्ट इनजस्टिस, बर्देवा प्राक्टिकल इन एक्सन र साह ग्राउण्डेड वीथ भेल्यूज टाइटलबाट सम्मान गरिएको एकाउन्ट्याबिलिटी ल्याब नेपालले जनाएको छ । 

अकाउन्ट्याबिलिटी ल्याब नेपालका प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीले नेपालको सार्वजनिक प्रशासनमा रहेर सेवाग्राहीप्रति उत्तरदायी जन सेवकलाई विगत नौ वर्षदेखि आइकनको रूपमा पुरस्कृत गर्दै आएको बताए । 

केही दिन अघि मात्रै इन्टेग्रिटी आइडल नेपाल-२०२२ का उत्कृष्ट पाँच कर्मचारीको नाम सार्वजनिक गरिएको थियो । 

सम्बन्धित समाचार : इन्टेग्रिटी आइडल नेपाल-२०२२ का उत्कृष्ट पाँच कर्मचारी सार्वजनिक