कटुवा पेस्तोलसहित वसुन्धारामा एक पक्राउ « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

कटुवा पेस्तोलसहित वसुन्धारामा एक पक्राउ


२७ असार २०७४, मंगलबार


काठमाडौँ । वसुन्धारास्थित चिया पसलबाट एक थान कटुवा पेस्तोल र सोको तीन राउण्ड गोलीसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

डडेल्धुरा, पर्शुराम नगरपालिका बस्ने २८ वर्षीय सुरेश भण्डारीलाई सोमबार महानगरीय प्रहरी प्रभाग गंगबुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

चिया पसलमा शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उक्त पेस्तोल र गोली बरामद भएको हो । रासस

प्रतिक्रिया दिनुहोस