२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म अहिले पनि प्रतिगमनविरुद्ध नै लडिरहेको छु : मिलन पाण्डे 

अ+ अ-

काठमाडौँ । विवेकशील साझाका नेता तथा काठमाडौँ ९ बाट प्रतिनिधिसभाका उम्मेदवार बनेका मिलन पाण्डेले अहिले पनि प्रतिगमनविरुद्ध लडेको बताएका छन्। उनले आसन्न निर्वाचनमा आफ्नो लडाइँ विधिको शासनका निम्ति र प्रतिगमनविरुद्ध रहेको बताएका हुन्। 

आज नैकापमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले विगत लामो समय उनले पार्टीभित्र प्रतिगमनविरुद्ध लड्नुपरेको र अहिले फेरि यो क्षेत्रमा पनि प्रतिगमनकै विरुद्ध लडिरहेको बताए। 

संविधान मिच्दा र संसद् विघटन हुँदा कृष्णगोपाल श्रेष्ठले प्रतिगमनको समर्थन गरेको र नागरिकको मतको अपमान गरेको उनको भनाइ थियो। उनले ओम्नी काण्ड हुँदा, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारमा उनको मौनता स्मरण गर्न मतदातालाई आग्रह गरे। 

काठमाडौँ ९ बाट उम्मेदवारी दिएका पाण्डेले अहिलेको निर्वाचन योग्य युवा र वर्षौँ राजनीतिलाई दोहन गरिरहेको प्रवृत्तिबीच मुख्य लडाइँ रहेको बताए। 

पाण्डेले गुणस्तरीय शिक्षा, निःशुल्क स्वास्थ्य सेवा, योग्यता, क्षमताअनुसारको रोजगारी र सरकारीको सेवाको होम डेलिभरी गर्नेजस्ता विषयलाई नीतिगत हिसाबले संसदमा उठाउनुपर्ने समेत बताएका छन्।