२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी–२० विश्वकप : पाकिस्तान जिम्बाब्वेसँग १ रनले पराजित

अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट खेलमा पाकिस्तान जिम्बाब्वेसँग १ रनले पराजित भएको छ । बिहीबार बेलुका सम्पन्न खेलमा जिम्बाब्वेले पाकिस्तानमाथि १ रनको रोमाञ्चक जित निकालेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रनको सामान्य स्कोर बनाएको थियो। जवाफमा पाकिस्तान अन्तिम दुई बलमा लगातार दुई विकेट गुमाउन पुगेपछि पाकिस्तान १ रनले पराजित भयो।

पहिलो ब्याटिङ गरेको जिम्बाब्वेका लागि सेन विलियम्सले ३१ रन बनाउँदा कप्तान क्रेइग एर्भिनले १९ रन बनाएका थिए। त्यस्तै वेस्ली म्याडेभरले १७ रन बनाउँदा रयान बुरले १० रन बनाएका थिए। त्यस्तै ब्राड एभन्सले पनि १९ रन बनाएका थिए। जिम्बाब्वेलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद वासिमले ४ विकेट लिँदा सादव खानले ३ विकेट हात पारेका थिए।

१ ३० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले सान मसुदले ४४ रन बनाउँदै टिमलाई जित उन्मुख बनाएपनि पछिल्लो क्रमले खराब प्रदर्शन गरेपछि पाकिस्तान दबाबमा परेको थियो। उसका लागि सदाव खानले १७ रन बनाउँदा मोहम्मद रिजवानले १४ रन बनाए। कप्तान बाबर अजाम ४ रनमा आउट भए।

त्यस्तै इफ्तिखर अह्मेदले ५ रन बनाउँदा सादव खानले १७ रन बनाए। अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा जिम्बाब्वेका बलर ब्राड इभान्सले एक बल डट फाल्दै अन्तिम दुई बलमा दुई विकेट लिएपछि पाकिस्तान १ रनले पराजित भयो। अन्तिमा बलमा २ रनका लागि दौडिंदा पाकिस्तान १ रन मात्र जोड्न पुग्दा जिम्बाब्वेले रोमञ्चक जित निकाल्यो।

पाकिस्तान पराजित भएसँगे शीर्ष चारको सम्भावना कमजोर बनेको छ। जिम्बाब्वे भने पहिलो जितले उत्साहित बनेको छ। पाकिस्तान यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको थियो। जिम्बाब्वेले दक्षिण अफ्रिकासँग वर्षाका कारण अंक बाँडेको थियो।