राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु भएको छ । १.५ टेस्लाको मेसिनबाट पहिलो पटक एमआरआई सुरु गरिएको प्रतिष्ठानका कन्सल्टेन्ट रेडियोलोजिस्ट डा.बोम बिसीले जानकारी दिए।

एमआरआई सेवा सञ्चालन भएसँगै बिरामीको रोग पत्ता लगाउन र उपचार गर्न सहज हुने डा। बिसीको भनाइ छ।

यसअघि यो क्षेत्रमा एमआरआई सेवा नहुँदा नागरिकहरूलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । एमआरआई सेवाका लागि ८ हजारदेखि २० हजार रुपैयाँसम्म शुल्क लाग्ने सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस