२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकर्तालाई गठबन्धनका शीर्ष नेताले भने : बागी उम्मेदवारी निष्क्रिय बनाउ, पद हामी व्यवस्थापन गर्छौँ

अ+ अ-

काठमाडौँ । गठबन्धन दलका शीर्ष नेताहरूले गठबन्धन र आफ्ना दलका उम्मेदवारीविरुद्ध दिएका कार्यकर्ताहरूलाई स्वतन्त्र र बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन्।

सुर्खेतमा भएको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरूले उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएका हुन्।

‘अहिले टिकट पाएनौँ भनेर गठबन्धनभित्र विरोध गर्नुपर्दैन, हरेस खानुपर्ने अवस्था पनि छैन,’ प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘तपाईँहरूले बागी उम्मेदवारी फिर्ता लिएपछि भोलि अरू थुप्रै ठाउँमा व्यवस्थापन गर्न सकिन्छ।’

देउवाले गठबन्धनको जीतका लागि आपसी रूपमा मिल्नुको विकल्प नभएको बताए।

उनले अहिलेको निर्वाचनमा परिवर्तन चाहने दलहरूबीच गठबन्धन भएकाले यो गठबन्धन वर्षौँसम्म जाने बताए।

‘लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो, ओलीबाट प्राप्त गरेको ज्ञान आज गठबन्धन बनाउनका काम लागेको छ,’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘नेपालको इतिहासमा यसअघि पनि असाधारण गतिविधि भएका थिए, त्यसलाई काँग्रेस-माओवादीकै अगुवाइमा परास्त गर्ने काम भएको थियो।’

उनले देशको विकास र समृद्धिका लागि अहिलेको गठबन्धन भएकाले गठबन्धनकै विरुद्ध परेका उम्मेदवारी फिर्ता लिन कार्यकर्ताहरूलाई सुझाए।

‘अहिले टिकट नपाएका या केही कारणले छुटेका साथीहरूलाई सम्बोधन गर्ने पर्याप्त ठाउँ हामीसँग हुनेछन्,’ प्रचण्डले बागी उम्मेदवारहरूलाई लक्षित गर्दै भने, ‘थुप्रै राजनीतिक नियुक्ति हुनेछन्, राजदूत हुनेछन्, संवैधानिक नियुक्ति हुनेछन्।’

इमानदार र टिकट नपाएकाहरूलाई भोलि राष्ट्रिय सभामा समावेश गर्नेगरी छलफल भएको उनले बताए।

उनले कर्णालीको विवादले केन्द्रमा प्रतिगमनले प्रवेश पाएको बताए।

‘कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवार छन्, कतिपय ठाउँमा दलकै बागी उम्मेदवार छन्, कतिपय ठाउँमा मित्रवत् प्रतिस्पर्धा भनिएको छ,’ भेलालाई सम्बोधन गर्दे नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने, ‘ती सबै ठाउँमा समस्या हल पर्नुपर्छ, टिकट पाउनु मुख्य कुरा होइन। जित्ने कुरा मुख्य हो।’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन दलका उम्मेदवारलाई जिताउने र संविधानको रक्षा गर्ने अभियान गठबन्धन दलभित्र चलेको बताए।

‘यतिबेला लोकतन्त्रको रक्षा गर्ने अभियानमा छौँ, हामीले लोकतान्त्रिक उन्नतितर्फ अगाडि बढाउने बाटो खोजेका छौँ,’ उनले भने।