३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिले गोरु गाडावालाले टाउको उठाउन खोज्दै छन्: प्रचण्ड

अ+ अ-

मोरङ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन संग्रामको रूपमा हुन लागेको बताएका छन् ।

विराटनगरमा आज आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यो निर्वाचनमा दुई फरक–फरक प्रवृत्तिबिच प्रतिस्पर्धा हुन लागेको समेत बताए । अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरु गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाए ।

‘यो गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो । अर्को गठबन्धन गोरूगाडावाला गठबन्धन हो । त्यस कारण मंसिर ४ गते एउटा ठुलो संग्राम हुँदै छ’ उनले भने । ‘यो गठबन्धन नबनाएको भए शेरबहादुरको नेतृत्वमा सरकार पनि बन्दैन थियो । स्थानीय तहमा यो परिणाम आउँदैन थियो’ उनले भने ।

विस्तृत शान्ति सम्झौता र संविधान रक्षाका लागि काँग्रेससहितको गठबन्धन निर्माण गरिएको उनले बताए । ओलीले धोका दिएपछि आफूले ज्ञान प्राप्त गरेको बताउँदै प्रचण्डले सहमति, सहकार्यको संस्कृति निर्माण शान्ति सम्झौतापछि भएकोले एक अर्कालाई सहयोग गर्न कार्यकर्तालाई आग्रह पनि गरे ।

‘हामी एक ढिक्का छौँ, तपाईँहरू पनि एकताबद्ध हुनुहोला । भोट रूखमा, हँसिया हथौडा, कलम सबैमा एक आपसमा हाल्नुहोला’ उनले कार्यकर्ताहरूलाई आह्वान गरे । अध्यक्ष प्रचण्डले चुनाव जिते अवसर नै अवसर प्राप्त हुने समेत बताउँदै ठुलठुलो राजनीतिक परिवर्तन भए पनि जनतालाई सम्मृद्दि र सुशासन दिन नसकिएको स्वीकार गरे । उनले अहिले परिवर्तन उल्ट्याउने खतरा रहेको बताउँदै भने, ‘त्यस कारण अब समृद्धि र सुशासन, उद्योग स्थापना, श्रमजीवीलाई न्याय र समृद्धि दिनै पर्छ ।’

उनले आफूहरू अहिले अन्तिम विजयको यात्रामा रहेको समेत बताए । ‘ अहिले अन्तिम विजयको यात्रामा छौ, त्यस कारण लोकतन्त्र विरोधी, परिवर्तन विरोधी, प्रतिगामीलाई पराजित गर्नुपर्छ’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस